Logo

आज ५ संसदीय समितिको बैठक बस्दै



काठमाडौं, असोज २४ । आज एकैपटक ५ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठक मध्यान्ह सवा १२ बजे बस्नेछ ।

बैठकमा सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुनेछ ।

त्यस्तै साढे ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा आर्थिक वर्ष २०८०÷८१ को समितिको बजेटमाथि छलफल र सविता नायकको उजुरी सम्बन्धमा राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बस्ने बस्दैछ । उक्त बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कामकारवाही सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, अहिले ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु संपरीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्यसचिव, संघीय संसदमा महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र नेपाल सरकारका लेखा उत्तरदायी अधिकारीहरुसँग छलफल हुनेछ ।

अहिले साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बंलादेशको कृषिबाली अवलोकन प्रमण, सुपारीको खेती गर्ने किसान र उद्योगीको समस्या, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक छलफल सम्बन्धमा छलफल हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्