काठमाडौं,२४ असोज । गत शनिबार इजरायलमा रहेको प्यालेस्टानी बिद्रोही समूह हमासले गरेको आक्रमणपछि सुरु भएको भिषण युद्धमा परि हालसम्म २ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।
शनिबार बिहान प्यालेस्टाइनको गाजा क्षेत्रबाट इजरायल प्रवेश गरेका हमास लडाकूहरुले गरेको आक्रमण र त्यसपछि इजरायलको तर्फबाट भएको प्रतिरक्षा हमलामा परेर हालसम्म २ हजार १ सय भन्दा धेरैले जयान गुमाएको बीबीसीले जनाएको छ ।
बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजातर्फ ९ सय जना मानिस मारिएका छन्।
इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।
द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार हाल इजरायलमा ४ हजार ७ सय ६५ जना नेपाली रहेका छन् । जसमा ४ हजार ५ सय जना कियर गिभरको रुपमा र २६५ जना विद्यार्थीको रुपमा त्यहाँ पुगेका छन् ।