काठमाडौं, असोज २५ । इजरायलमा रहेका नेपालीलाई उद्धार गर्न परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
आज विहान २ः३० को उडान तालिका रहेको नेपाल एयरलाइन्सको जहाज बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको हो । २७४ सिट क्षमताको उक्त जहाज २५४ जना नेपाली बोकेर आजै राती ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
उक्त जहाजले शनिबार भएको प्यालेस्टानी आतंककारी हमास समुहको आक्रमणका कारण इजरायलमा उद्धार पर्खिरहेका विद्यार्थीलाई प्राथमिक्ताका आधाराम पहिले स्वदेश फर्काउने छ ।
सरकारले इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको हवाई खर्च बेहोर्ने छ । इजरायलमा मृत्यु भएका १० नेपालीको शव भने तत्काल नल्याउने भएको छ । हमलामा मृत्यु भएका १० विद्यार्थीको शव नेपाल आइपुग्न अझै केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।