Logo

झापाको अर्जुनधारामा पुगेर महेश बस्नेतको उत्तेजक भाषण : एमाले सिंह हो, युवा संघ बाघहरुको संगठन हो (भिडिओसहित)



काठमाडौं, २५ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले सिंह र एमालेनिकट युवा संघ बाघहरुको संगठन भएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटी कोशी प्रदेश, झापाको प्रथम ऐतिहासिक अधिवेशनको खुल्ला सत्रलाई आज (बिहीबार) सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

एमाले सिंह हो भन्ने कुरा कतिपय मान्छेले भुलेको उनको टिप्पणी थियो । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको जिल्ला भएको भन्दै यसले अराजकताको विरुद्धमा र शान्तिको पक्षमा वकालत गरिरहेको उनको भनाई छ । एमालेले नश्लवादलाई स्विकार नगर्ने भन्दै एकता र स्वाधिनताको पक्षमा उभिने बस्नेतको भनाई छ ।

सो क्रममा उनले नाम नलिईकन दुर्गा प्रसाईंका समर्थकहरुले चूनौति दिएको कुरा स्मरण गराए । उनले भने,”कतिपय कुरा सम्झिँदा हाँसो उठ्छ मलाई । कस्ता कस्ता मान्छेले हामीलाई चूनौति दिन्छन् ? उहिँलै फालेको राजतन्त्रको भूत, राजा ज्ञानेन्द्र शाहको फोटो बोकेर, त्यसका शाही गद्दारहरु हामीलाई अहिले चूनौति दिन आइरहेका छन् । विचरा, दया लाग्छ । हाँसो उठ्छ । त्योबाहेक मलाई केही भन्न मन लाग्दैन् ।”

https://www.facebook.com/MaMaheshBasnet/videos/704136888414394



प्रतिक्रिया दिनुहोस्