Logo

सिंहदरबार अगाडी प्रदर्शनमा उत्रिएका कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ



काठमाडौं,२६ असोज । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नु पर्ने माग राखेर सिंहदरबारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीसहितका अधिकारीकर्मी हरु पक्राउ परेका छन् ।

विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नु पर्ने माग राखेर समाजले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा उत्रिएका १६ जनालाई प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छ्न ।

उनीहरुले संक्रमणकालीन न्याय प्रक्रिया सम्बन्धी संसदमा प्रस्तुत संसोधन विधेयक मानव अधिकारमैत्री बनाउनु पर्ने फागुन १ गते बिदा दिने निर्णय खारेज हुनु पर्ने र कैद सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग बन्द गर्नु पर्ने माग राखेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्