Logo

महेश बस्नेतले भने : आफ्ना बचाउने प्रचण्ड चाहना मनको लड्डु घ्युसँग खानुसरह भयो



काठमाडौं, २६ असोज । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले भेपमा राखेर भएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा प्रतिक्रिया दिएका छन् । उनले आफ्ना बचाउने प्रधानमन्त्री पुष्पकमल दाहालको चाहना अहिले मनको लड्डु घ्युसँग खानुसरह भएको टिप्पणी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले सुन तस्करीको आरोपमा पक्राउ परेका राहुल महरालाई आज (शुक्रबार) पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । थुनछेक बहसपछि महरालाई थुनामा पठाउन आदेश भएको थियो । अदालतको आदेशसँगै एमाले नेता बस्नेतले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्