Logo

कोशी सरकार गठनपछि राजेन्द्रको प्रतिक्रिया : कांग्रेस, एमाले र माओवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो सुझाव थियो



काठमाडौं, २७ असोज । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेश सरकार गठनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले र माओवादी मिलेको राम्रो हुन्छ भन्ने आफूहरुको निरन्तरको सुझाव थियो भन्ने बताएका छन् । उनले अहिले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सहकार्यमा कोशीमा मुख्यमन्त्रीको नियुक्ती भएको स्पष्ट पारेका छन् ।

उनले अब अहिलेको व्यवस्था र अवस्थाका पक्षधर र यसको विपक्षमा रहेकाहरुबीच व्यापक ध्रुवीकरणको जरुरी रहेको पनि आवश्यकत्ता औंल्याएका छन् । उनले फेशबुकमा लेखेका छन्-

कोशी प्रदेशमा सरकार बनाउन कांग्रेस, एमाले, मावोवादी मिलेको राम्रो हुन्छ भन्ने हाम्रो निरन्तरको सुझाव थियो।
अन्ततः घुमिफिरी त्यही बाटोबाट सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षको सहकार्यमा मुख्यमन्त्रीको नियुक्ति भएको छ।
अब यसरीनै अहिलेको व्यवस्था र अवस्थाका पक्षधरहरू एकातर्फ र विपक्षकाहरू अर्को तर्फ हुने ध्रुवीकरणलाई तीव्र पारौं !
हामी विपक्षमा …..



प्रतिक्रिया दिनुहोस्