Logo

राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्छः रवि लामिछाने



काठमाडौं,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक दल एउटा निर्वाचनबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् ।

सोमबारदेखि सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा उनले राजनीतिक दल एउटाबाट अर्को पुस्तामा लक्षित हुनुपर्नेमा जोड दिए । राजनीतिक दलका विचार, अभिव्यक्ति स्पष्ट नआउँदा अनुमानको घेरामा आफूहरू पनि परेको उनले बताए ।

“राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित नभई एउटा पुस्ताबाट अर्को पुस्तामा लक्षित हुनुपर्छ । कहिलेकाहीँ राजनीतिक दलका विचार, अभिव्यक्तिहरू स्पष्ट नआउँदा अनुमान जल्दछन् र शंका नै शंका, आशंका नै आशंकामा हामीलाई पनि कैयौँ अनुमानको घेरामा राखिएको छ,” उनले भने, “यो परिवर्तनमा आफ्नो सारा जीवन बिताएका नेताहरूप्रति कहिलेकाहीँ कटाक्ष गरेको मात्र यहाँहरूले सुन्नुभएको छ होला, विषयकेन्द्रित कटाक्ष हुनसक्छन्’ ।



प्रतिक्रिया दिनुहोस्