Logo

समाजवादी मोर्चाको कार्यक्रममा विप्लवको गर्जन : अब देशको जिम्मा माओवादीले लिन्छ (भिडिओसहित)



काठमाडौं, २९ असोज । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको जिम्मा माओवादीले लिनुपर्ने बताएका छन् । आज (सोमबार) धनगढीमा आयोजित समाजवादी मोर्चाका सन्देशसभामा बोल्दै उनले यस्तो बताएका हुन् । महासचिव विप्लवले देशको जिम्मा माओवादीबाहेक अन्यले लिन नसक्ने टिप्पणी गरेका छन् ।

निकै आक्रामक भाषण गरेका विप्लवले भने,‘देशलाई दुःख परेको छ । जनतालाई दुःख परेको छ । पहिले पनि युद्धबाट माओवादीले जवाफ दिएको छ, अहिले पनि देशको जिम्मा माओवादीले नै लिनुपर्छ । कम्युनिस्टहरूले लिनुपर्छ । समाजवादी मोर्चाले लिनुपर्छ । समस्या पर्दा काँध थाप्ने भनेको माओवादीले हो । कम्युनिस्टहरूले हो ।’



प्रतिक्रिया दिनुहोस्