काठमाडौं,३० असोज । गैर आवसीय नेपाली संघ (एनआरएनए)को ११औं महाधिवेशन औपचारिक रुपमा सुरु भएको छ । मंगलबार काठमाडौंमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशनको उद्घाटन गरेका हुन् ।
आजबाट सुरु भएको अधिवेशन कार्तिन ३ गतेसम्म चल्नेछ । कार्तिक ३ गते प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको समापन गर्ने कार्यसूची रहेको छ ।
२००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भैसकेको छ।
अधिवेशनमा ५९ देशका ४ हजार २२७ प्रतिनिधि सहभागी हुँदै छन्। ८६ देशमा एनआरएनए विस्तार भैसकेको छ। जसमध्ये ५९ देशमा अधिवेसन भएको थियो। ५९मध्ये ११ देशमा अनलाइन भेरिफिकेसनको आधारमा निर्वाचन भएको थियो।
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वकालागि ४ जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्षसहित उपाध्यक्ष पनि एनआरएनएको नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
संघको निर्वाचन समितिका अनुसार अध्यक्षमा डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापाले उम्मेदवारी दर्ता गरेका छन्।
अधिवेशनसँगै एनआरएनएको तेस्रो ज्ञान सम्मेलन पनि हुँदै छ।