Logo

गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभई मुटुको अंश बनेको छ : उपेन्द्र महतो



काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नागरिकता आफूहरुको लागि कागजको टुक्रामात्रै नभएर मुटुको अंश बनेको बताएका छन् । उनले भने, ‘प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरु नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने संकल्प गर्दछौं ।’

डा. महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै देशलाई समृद्ध बनाउने अभियानले वैधानिकता पाएको स्पष्ट पारे । गैरआवासीय नेपालीहरु जुन देशमा बसे पनि हामी नेपाली नै हौं भन्ने भावबाट ओतप्रोत भएर आफ्नो देशलाई समृद्ध बनाउने अभियानमा लागेको भन्दै उनले त्यसले आज वैधानिकता पाएको भन्दै खुसी व्यक्त गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज (मंगलबार) विहान प्रधानमन्त्रीको निवास बालुवाटारबाट गैरआवासीय नागरिकता वितरणको शुभारम्भ गरेका हुन् । संघका अध्यक्ष कुल आचार्यले पहिलो नागरिकता लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्