Logo

बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको भन्दै पाँच सदस्यले दिए सामूहिक राजीनामा



काठमाडौं,३० असोज । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन् ।

बोर्डका मनोनित सदस्य डा.सुरेश तिवारी, डा.तारा साह,चन्द्र थापा,टीका चापागाईं भट्टराई र इन्द्रकला राईले राजीनामा दिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई उनीहरूले राजीनामा बुझाएका हुन् ।

मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बीमा ऐन विपरीत बोर्डका कार्यकारी प्रमुख डा.दामोदर बसौलालाई स्पष्टीकरण सोधेका थिए ।

त्यसको १५ दिनपछि मन्त्रिपरिषद्ले बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए । त्यसको विरोधमा उनहरुले सामूहिक राजीनामा दिएको बताईएको छ ।



प्रतिक्रिया दिनुहोस्