Logo

एशियन पेन्ट्स र एसविआई बैंकबीच च्यानल फाइनान्सिङ लाभ प्रदान गर्ने सम्बन्धमा सम्झौता



काठमाडौं, १ कात्तिक । एशियन पेन्ट्स नेपाल र नेपाल एसविआई बैंकबीच हालसालै नेपालभर रहेका एशियन पेन्ट्सका डिलरहरुलाई च्यानल फाइनान्सिङको लाभ प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा एशियन पेन्ट्सको तर्फबाट कन्ट्रि डाइरेक्टर गोपालकृष्ण जि र नेपाल एसविआई बैंकका एमडी तथा सीईओ दीपक कुमार डेले काठमाडौंमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

सुस्त आर्थिक अवस्था र समग्र बैंकिङ्ग तरलतामा देखा परेको संकटको सामना गर्दै नेपालले अहिले विभिन्न आर्थिक चुनौतीहरूको अवस्थाबाट गुजिरहेको छ। निर्माण क्षेत्र, जुन विकासको प्रमुख आधार हो, त्यसमा समेत पर्याप्त तरलता अभावको कारण मन्दी छाएको छ ।

यसबाट पेन्ट व्यवसाय समेत गहन मारमा परेको छ भने निर्माण क्षेत्र र समयमै वक्यौता असुलीमा समेत असर पर्न गएको छ । उद्यपि, यी विविध कठिनाइहरूका बावजुद पनि डिलरहरुको हितमा “च्यानल फाइनान्सिङ एक आशाको रुपमा देखा परेको छ ।

च्यानल फाइनान्सिङ एक त्यस्तो कार्यक्रम हो, जसले बैंकहरुवाट अत्यावश्यक तरलता सहायता प्रदान गर्दछ र अहिलेको चुनौतीपूर्ण अवस्थामा चालू पूंजीको व्यवस्था गर्न समस्या परिरहेका व्यवसायहरुलाई टेवा प्रदान गर्दछ । डिलरहरुले अब प्रतिस्पर्धात्मक व्याजदरमा आवश्यक रकमको व्यवस्था गर्न सक्दछन् जसबाट उनीहरु आर्थिक मन्दीमा अझ प्रभावकारी ढंगबाट अघि वढ्न सक्षम हुनेछन् ।

यो कार्यक्रमले डिलरहरुलाई धरौटी राखेर अधिक कर्जा सीमाहरुको पनि व्यवस्था गरिदिएको छ यो कर्जा विस्तारका विकल्पहरूले डिलरहरूलाई उनीहरूको व्यवसाय कायम राख्न र त्यस्को वृद्धि गर्न आवश्यक लचकता प्रदान गर्दछ ।

यसका अतिरिक्त प्रतिस्पर्धात्मक व्याजदरमा च्यानल फाइनान्सिङले डिलरहरुलाई अन्य लाभहरुको अवसर पनि प्रदान गरेको छ । त्यस्तो लाभहरु मध्ये एक निर्धारित कर्जा प्रशोधन शुल्कको तुलनामा यसको कर्जा प्रशोधन शुल्क न्यून हुनु हो ।

यसरी खर्चमा कमी आउनाले डिलरहरुलाई आर्थिक सहायता खोज्न र उनीहरुको कार्यहरुको दायरा फराकिलो बनाउन अझ बढी सम्भव बनाइदिन्छ । यसका साथै डिलरहरूले उपलब्ध सीमाको हदमा रहेर चाडपर्व वा समयानुकूल आवश्यकताहरु परिपूर्ति गर्नका लागि तदर्थ वा अस्थायी सीमाहरुमा पहुँच राख्न सक्दछन् यसप्रकारको सुविधाजनक लचिलोपनाले व्यवसायीहरुलाई अवसरहरूको फाइदा उठाउन र बजारको मागलाई अझ वढी प्रभावकारी रुपमा समायोजन गर्न सक्षम बनाउँछ ।

डिलरहरुलाई थप प्रोत्साहित गर्नु पर्ने आवश्यकतालाई मध्यनजर राख्दै बैंकहरुले स्विचिङलाई प्रोत्साहन दिन आकर्षक योजनाहरु प्रस्तुत गरेका छन् । डिलरहरुले अब न्यून लागतमा बैंक वदल्न सक्नेछन् भने साथै फ्रि क्रेडिट कार्डहरु र घातक रोग बीमा कभरेज सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । यसवाट डिलरहरुका लागि मुल्य प्रस्ताव मात्र बढ्ने नभई बैंकिङ्ग सेवाहरुसंग उनीहरूको सम्बन्ध पनि प्रगाढ हुनेछ ।

च्यानल फाइनान्सिङ नेपालले सामना गरिरहेको आर्थिक चुनौतीहरुका बीचमा एक बलियो आशाको किरण बनेर देखा परेको छ । यसले चुनौतीपूर्ण वर्तमान समयमा पुनरुत्थान गर्न र विकासलाई गति दिन नवीनतम वित्तीय समाधानहरुको शक्तिलाई प्रमाणको रुपमा काम गर्दछ ।

तरलता समर्थन, प्रतिस्पर्धात्मक व्याजदरहरु, र अतिरिक्त लाभहरु प्रदान गरेर च्यानल फाइनान्सिङले डिलरहरुलाई उनीहरुको व्यवशाय विकासमा उत्पन्न भैरहेको बाधाबाट पार पाउन सशक्त बनाउँदछ । यसका अतिरिक्त, यसले समग्र आर्थिक परिदृश्यलाई बलियो बनाउदै र उज्जवल भविष्यको लागि मार्ग प्रशस्त गरेर बैंकहरु, डिलरहरु र उत्पादकवीचको सौहाद्रपूर्ण सम्बन्ध कायम राख्न मद्दत गर्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्