Logo

नेपाल लाइफद्वारा वडादसैंको अवसरमा टिकटक प्रतिस्पर्धा आयोजना



काठमाडौं, १ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । तिमी यो दशैंमा के गर्छौ ? नामक यस टिकटकको जिङ्गलमा (जिंगलको लिङ्क: https://vt.tiktok.com/ZSN6GFKjC/) सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्ने छ ।

हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिनेछ ।

प्रथम हुनेलाई नगद तीस हजार, द्वितियलाई बीस हजार र तृतीयलाई दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नुहुनेछ । दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले बडा दशैं २०८० को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन् । कम्पनीले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरु आयोजना गर्ने उनले बताए ।


जिंगलको लिङ्क: https://vt.tiktok.com/ZSN6GFKjC/



प्रतिक्रिया दिनुहोस्