काठमाडौं, कार्तिक २ । सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर पुनः भूकम्प गएको छ । गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ ।