Logo

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार



काठमाडौं, ३ कात्तिक । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको बताइएको छ । विआरआई सम्मेलनमा भाग लिन चीन पुगेका गृहमन्त्री श्रेष्ठ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । उनलाई हृद्धयघात भएको थियो ।

गृहमन्त्री श्रेष्ठको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजको आईसीयू कक्षमा उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि उनलाई अहिले जनरल वार्डमा सारिएको छ ।

गृहमन्त्री श्रेष्ठको आज (शुक्रबार) नेपाल फर्किने कार्यतालिका रहेको थियो । स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना हुन परेपछि अब डाक्टरको सल्लाह बमोजिम उनी स्वदेश फर्किने मिति तय हुने र उनको साथमा गएका टोलीहरु भने आजै नेपाल फर्किने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्