Logo

याक बुइङ कम्पनीले ल्यायो युरोपमा लोकप्रिय ‘बाह्रसिंगे बेल्जियन स्टाइल विटवियर’ काठमाडौंका छानिएका स्टोरमा मात्र उपलब्ध



काठमाडौं, ३ कात्तिक । याक ब्रुइङ कम्पनीले दसैंतिहार जस्ता चाडपर्वको अवसर पारेर आफ्नो नयाँ क्राफ्ट वियर ‘बाह्रसिंगे बेल्जियन स्टाइल विटवियर’ सार्वजनिक गरेको छ । बेल्जियम शैलीको यो गहुँको बियर जर्मन माल्टेड गहुँ, माल्टेड जौ, हप्स (मदिरा बनाउन प्रयोग हुने वनस्पति), यिस्ट धनियाँ र सुन्तलाको बोक्राबाट बन्ने कम्पनीको दाबी छ ।

उक्त वियर फलफूल एवं मसलाको स्वाद र हप्सको तितोपन कम भएको हल्का र स्फुर्तिदायी भएको बताइएको छ ।

बेल्जियम शैलीको बाह्रसिंगे विटवियरमा अनफिल्टर्ड (नछानिएको) यिस्टको मिश्रण भएकाले यो फिक्का र बादलजस्तो देखिने कम्पनीले जनाएको छ ।

धनियाँको गेडा र सुन्तालाको बोक्राले यसको स्वाद र सुगन्ध दुवैलाई अझ परिष्कृत बनाएका छन् । जसले गर्दा यो वियर जुनसुकै अवसरका लागि एक आदर्श वियर बन्न पुगेको छ। यो बियर राजधानी काठमाडौंका केही छानिएका स्टोरहरुमा कात्तिक १ गतेबाट उपलब्ध भइरहेको बताइएको छ ।

क्राफ्ट वियरको नयाँ संस्करण सार्वजनिक गरेको विषयमा टिप्पणी गर्दै याक ब्रुइङ कम्पनीका प्रबन्ध निर्देशक अभिशेक श्रेष्ठ भने,“बेल्जियन विटवियर सयौं वर्ष पुरानो इतिहास बोकेको स्टाइल वियर हो । र, यसले विश्व बजारमा पुनरुत्थानको अनुभव गरिरहेको छ । नेपालका वियर पारखीमाझ यो स्वादयुक्त स्टाइल वियर प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं । यसपालिको पर्वको अवसरमा बियर पारखी महानुभावहरुले युरोपेली मुलुकहरुमा निकै लोकप्रिय विटवियरको स्वाद लिन पाउनुहुनेछ । याक ब्रुइङ कम्पनीमा हामी नवप्रवर्तनप्रतिको हाम्रो प्रतिबद्धतालाई साकार पार्दै हाम्रा ग्राहकलाई नयाँ स्वाद परिकन प्रतिबद्ध छौं।’

बाह्रसिंगे बेल्जियन स्टाइल विटवियर याक ब्रुइङ कम्पनीको क्राफ्ट बियरको विविधतापूर्ण पंक्तिको पछिल्लो संस्करण हो । योसँगै याक वुइडको क्राफ्ट वियर संख्या ६ पुगेको छ । बाह्रसिंगे बेल्जियन स्टाइल विटवियर काठमाडौं उपत्यकाका छानिएका स्टोरहरुमा ३३० मिलिलिटरको बोटल र ड्राफ्टमा उपलब्ध छ ।

याक बुइङ कम्पनीको बारेमा
सन् २०१६ मा स्थापना भएको याक ब्रुइङ कम्पनीले छोटो अवधिमै क्राफ्ट वियरको क्षेत्रमा आफूलाई प्रमुख खेलाडीको रुपमा स्थापित गरेको छ। यो ब्रुअरी उच्च गुणस्तरको क्राफ्ट वियर उत्पादनको पर्याय बनेको छ । जसले बाह्रसिंगे ब्रान्ड नामअन्तर्गत असाधारण स्वादको दावी गर्दछ। यो कम्पनी नेपालका नेतृत्वदायी ब्रुअरीमध्येको एक हो । यसले दिगो वियर उत्पादन अभ्यासलाई प्राथमिकता दिएको छ ।



प्रतिक्रिया दिनुहोस्