Logo

प्रधानमन्त्री दाहाल एनआरएनएको समापन समारोहमा नजाने, कारण यस्तो



काठमाडौं, ३ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलनको समापन समारोहमा सहभागी नहुने भएका छन् ।

एनआरएनएको नतिजा धाँधली भएको भन्दै अध्यक्षका उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले बहिष्कार गरेपछि प्रधानमन्त्री दाहालले त्यसबारेमा चासो लिएका हुन् । अध्यक्षका उम्मेद्वार डा. बद्रि केसी अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको थियो ।

गत असोज ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेको विश्व सम्मेलनको समापन प्रधानमन्त्री प्रचण्डले गर्ने कार्यतालिका थियो । तर, निर्वाचन मतपरिणाममा नै धाँधलीको आरोप लागेपछि प्रधानमन्त्री दाहालले चासो लिएका हुन् । file photo



प्रतिक्रिया दिनुहोस्