काठमाडौं, ४ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले यो वर्षको दसैंको टीका भाउजुको हातबाट लगाउने भएका छन् । उनले ९१ वर्षीय भाउजू विष्णुमाया पौडेलको हातबाट बडादसैंको टीका लगाउने बताइएको छ ।
यस वर्ष टीकाको साईत ११ बजेर २ मिनेटमा रहेको छ । राष्ट्रपति पौडेलले सोही समयमा आफूले टिका लगाएर अपराह्न २ देख ३ बजेसम्म विशिष्ट र ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको बताइएको छ ।