काठमाडौं, ४ कार्तिक । काठमाडौंमा जारी त्रिदेशीय सिरिजअन्तर्गत नेपालले हङकङलाई २१४ रनको लक्ष्य दिएको छ । नेपालका लागि मध्यक्रमका दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले विष्फोटक शतकीय साझेदारी गरे ।
काठमाडौैंको मुलपानी मैदानमा भएको खेलमा नेपालको लागि आक्रामक ब्याटिङ गर्दै कुशलले २१ बलमा ९२ रन बनाएर आउट भए । यसैगरी दीपेन्द्रले ३४ बलमा २ छक्का र ६ चौकाको मद्दतमा ५७ रन जोडे । कुशल र दीपेन्द्रबीच १४५ रनको शतकीय साझेदारी भएको छ ।