Logo

एनआरएनएमा बद्रि केसीको टिमले परराष्ट्रको निर्देशन पनि नमानेको आरोप, पेलेरै शपथग्रहण



काठमाडौं, ४ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं विश्व सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । तर, निर्वाचनको मतपरीणाम भने अध्यक्षका अरु दुई उम्मेद्वार आरके शर्मा र महेश श्रेष्ठले भने अस्विकार गरेका छन् ।

मतरीणामअनुसार डा. बद्रि केसी विजयी भएको घोषणा गरिएको थियो । अनलाईनमार्फत भएको भोटिङमा व्यापक धाँधली गरिएको शर्मा र श्रेष्ठ पक्षको आरोप छ । अहिले निर्वाचित भनिएका पदाधिकारीहरुले एकलौटी रुपमा सपथ लिएका छन् ।

तर, परीणाम अस्विकार गरेका शर्मा र श्रेष्ठले भने अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर आफ्नो असन्तुष्टि राख्दै छन् । हिजो एनआरएनएको समापन समारोह थियो । जसमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाईएको थियो ।

तर, मतपरिणाम विवादमा परेको र अर्को पक्षले विहानै भेटेर आफ्नो असन्तुष्टि राखेपछि भने प्रधानमन्त्री दाहालले कार्यक्रम बहिष्कार गरेका थिए । आज भने केसी पक्षले एकलौटी रुपमा सपथग्रहणको कार्यक्रम राखेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले अहिले देखिएको विवाद मिलाउनको लागि निर्देशन दिएका थिए । तर, मन्त्री साउदको निर्देशनलाई उल्लंघन गर्दै केसी समूह एकलौटी रुपमा अघि बढेको शर्मा र श्रेष्ठ पक्षको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्