काठमाडौं, ४ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त भएका रुपक सापकोटाले नयाँ जिम्मेवारीको लागि प्रधानमन्त्री दाहालप्रति आभार व्यक्त गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
मलाई विश्वास गरेर प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछु । जिम्मेवारी प्राप्त भएसँगै मलाई प्रत्यक्ष भेटेर, फोनमा, सामाजिक सञ्जाल मार्फत, एवं विभिन्न माध्यमबाट म प्रति विश्वास र भरोसाका साथ शुभकामना एव बधाई ज्ञापन गर्नु हुने सम्पुर्णमा कृतज्ञता ज्ञापन गर्दछु । म प्रति प्रकट गर्नु भएको स्नेह एवं शुभकामना आगामी दिनमा कुशलतापुर्वक कार्यसम्पादन गर्ने कार्यमा महत्वपुर्ण उर्जाका रुपमा रहने विश्वास लिएको छु । विजयादशमीको सुखद् उपलक्ष्यमा सबैमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना।