काठमाडौं, ५ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष डा. बद्रि केसीले आफू नै संघको आधिकारिक अध्यक्ष भएको दाबी गरेका छन् । उनले चुनावमा होमिएका साथीहरुले नजिता सहज रुपमा स्विकार गर्न नसक्दा संघमा भाँडभैलो मच्चिएको टिप्पणी गरे ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यसपटक संघको निर्वाचन अनलाईनमार्फत भएको सुनाए । अनलाईन भोटिङको लागि भेरो कम्पनी पनि महेश श्रेष्ठ र आरके शर्मालगायतका पाँच सदस्यीय कमिटीले गरेको उनको दाबी छ ।
उनले भेरो भोटिङले अडिटमा कुनै त्रुटि भएको पाए अदालतमा मानहानीको मुद्दा व्यहोर्छु भनेर भनिसकेको सुनाए । भेरोले अडिट रिपोर्ट दिएको आधारमा निर्वाचन समितिले आफूहरुलाई शपथ खुवाउछु भनेर बोलाएपछि आफूहरुले शपथ खाएको उनको दाबी छ ।