काठमाडौं, ५ कार्तिक । धादिङ केन्द्रविन्दु भएर गएको भुकम्प ६.१ म्याग्निच्युडको रहेको पुष्टि भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएअनुसार भुकम्प धादिङको खरी केन्द्रविन्दु भएर गएको हो ।
सो भुकम्पको धक्काको महसुस काठमाडौं उपत्यकामा पनि परेको छ।
भूकम्पले पुर्याएको क्षतिबारे भने एकीन विवरण सार्वजनिक भएको छैन् ।