Logo

मौसम समान्यतया सफा रहने



काठमाडौँ, ५ कात्तिक । आज देशको पहाडी भू भागमा आँशिक वदली रहे पनि बाँकी भूभागमा मौसम सफा सफा रहने जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी वायुको आंशिक प्रभाव रहेको भएपनि सामान्यतया मौसम सफा रहने छ ।

वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू भागका एक/दुई स्थानमा मेघ जर्गनसहित हल्का वर्षाको सम्भावना छ ।

उनकाअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्