काठमाडौं, ५ कार्तिक । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राजश्व तिर्न लाइनमा बस्ने झन्झटको अन्त्य गरेको छ। बैंकले यातायात व्यवस्था कार्यालयहरुमा क्यूआरबाटै राजश्व भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको हो।
बैंकले मुलुकमा ११ वटा विभिन्न शाखाबाट सो सेवा दिने जनाएको छ। बैंकका अनुसार क्यूआरबाट भुक्तानी गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगदरहित कारोवारमा टेवा पुग्नेछ।
हाल यो सुविधा विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भर्याङ, सानो भर्याङ, नारायणगढ र महेन्द्रनगरको यातायात व्यवस्था कार्यालयहरुमा उपलब्ध छ।