काठमाडौं, ६ कार्तिक । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनमा अध्यक्षका उम्मेद्वार रहेका महेश श्रेष्ठले संघमा अहिले ठूलो विश्वासको संकट रहेको भन्दै सहमति, सहकार्य र एकताको आवश्यकत्ता औंल्याएका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत श्रेष्ठले अहिले नेतृत्वमा रहेकाहरुप्रति अविश्वास रहेको पनि सुनाएका छन् ।
उनले अहिलेको नेतृत्वले सवैको विश्वास जित्नु आवश्यक रहेको आवश्कत्ता औंल्याएका छन् । उनले सहमति, सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे । उनले दुर्गा भवानी माताले सवै गैरआवासीय नेपालीलाई एकतावद्ध गर्ने सकरात्मक सोच प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् ।
“सहमति , सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता “
विजयदशमीको अवसर विदेशमा रहनु भएका सम्पूर्ण गैरआवासीय नेपालीहरु र नेपालमा रहनु भएका नेपाली दिदी वहिनी तथा दाजुभाईमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
साथै गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनमा भाग लिने सम्पूर्ण प्रतिनिधी साथीहरुलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
अहिले गैरआवासीय नेपाली संघमा ठूलो विश्वासको संकट छ ।
अहिले संघका हामी नेतृत्वहरु प्रति यति अविश्वास छ कि कुनै पनि तर्क वितर्कको कुनै सुनाई हुने अवस्था मैले देखेको छैन ।
गैरआवासीय नेपाली संघ नित्तान्त सामाजिक संस्था हो र यसलाई प्राविधिक कुरा , तर्क ,वितर्कहरुले मात्र सवैको भावना समेट्न सकिदैन भन्ने कुरा नेतृत्व वर्गले वुझ्नु जरुरी छ ।
त्यसैले अहिलेको नेतृत्वले सवैको विश्वास जित्नु आवश्यक छ । सहमति , सहकार्य र एकता अहिलेको प्रमुख आवश्यकता हो ।
दूर्गा भवानी माताले सवै गैरआवासीय नेपालीलाई एकतावद्ध गर्ने सकरात्मक सोंच प्रदान गरुन्, हार्दिक शुभकामना!
भवदिय
महेशकुमार श्रेष्ठ