काठमाडौं, ७ कार्तिक । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएसँगै घरबाहिरका मान्यजनका टीका एवं आशीर्वाद थाप्न हिँड्नेको चहलपहल सुरु भएको छ ।
दसैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइएको हो । आजदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाइन्छ । आज टीका प्रसाद ग्रहण गर्न समितिले बिहान ११ः०२ बजेको साइत निकालेको थियो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि साइतमै टिका ग्रहण गरेका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफू र पत्नीले टिका ग्रहण गरेपछिको तस्विर सार्वजनिक गरेका छन् । थापाले आफ्नो बुवा आमाको हातबाट टिका लगाएका हुन् ।