काठमाडौं, ७ कार्तिक । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अर्को वर्ष नारायणहिटी दरबारमा दशैंको टिका लगाउन पाईयोस भन्ने चाहना राखेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा टिका ग्रहण गरेको तस्विर सार्वजनिक गर्दै मिश्रले यस्तो चाहना राखेका हुन् । उनले निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेको र शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्-
“सरकार! अर्को दशैँमा
नारायणहिटी दरबारमा
टीका लगाउन पाइयोस्!”
तीन घण्टा लाइनमा बसेर टीका लगाउँदा मैले भनेँ।
बाहिर आएर समाचार हेर्दा थाहा पाएँ: निर्मल निवासमा स्वार्थरहित सर्वसाधारणको थामी नसक्नु भीड रहेछ। शीतल निवासमा पार्टी आवद्ध र उच्चपदस्थको पातलो उपस्थिति रहेछ।
फरक यही हो। राजा र राष्ट्रपतिबीच! #विचारभन्दामाथिदेश, #देशकालागिनरेश