Logo

प्रधानसेनापति शर्मापछि प्रधानन्यायाधीश श्रेष्ठ पनि चीन भ्रमणमा



काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । चाइना ल सोसाइटीको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ आज चीन भ्रमणमा जना लागेका हुन् ।

उनी एक सातापछि मात्रै नेपाल फर्किने छन् । चीनमा प्रधानन्यायाधीश श्रेष्ठले त्यहाँका समकक्षीसँग भेटवार्ता गर्ने र त्यहाँ हुने कार्यक्रममा नेपाल र चीनको कानुनी व्यवस्था लगायतका विषयमा छलफल हुने बताइएको छ ।

त्यसैगरी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा पनि आजनै चीन प्रस्थान गरेका छन् । भ्रमणका क्रममा प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना हुने बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुने तथा उनी र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता हुने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाध्यक्ष रथी सीताराम खड्काले कायममुकायम प्रधानसेनापति भई कार्यभार सम्हाल्ने निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्