Logo

कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान–प्रदान तथा चियापान समारोह गर्दै कांग्रेस



काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसले बडादसैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अजसरमा चियापान कार्यक्रम गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भोलि (शनिबार) कोजाग्रत पूर्णिमाको दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म शुभकामना आदान–प्रदान तथा चियापान समारोह गर्न लागिएको हो ।

२०३३ सालमा जननायक बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दैै आएको छ ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, सम्पादक, प्रकाशक एवं पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका विशिष्ट व्यक्तिहरुलाइ सहभागिताका लागि कांग्रेसले आमन्त्रण गरेको छ ।



प्रतिक्रिया दिनुहोस्