Logo

परराष्ट्रमन्त्री साउद अमेरिका भ्रमणमा जाँदै



काठमाडौं, १० कात्तिक । परराष्ट्रमन्त्री नारायण प्रकाश साउद अमेरिका भ्रमणमा जाने भएका छन् । उनी एक हप्ताका लागि आगामी आईतबार अमेरिकाको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

मन्त्री साउदले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनसँग कात्तिक १३ गते वाशिंगटन डीसीमा द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, युएसएआइडीकी प्रमुख सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र अमेरिकी सरकारका उच्च अधिकारीहरूसँग पनि मन्त्री साउदले भेटवार्ता गर्ने बताइएको छ । मन्त्री साउद आगामी कात्तिक १९ गते स्वदेश फर्कने छन् ।



प्रतिक्रिया दिनुहोस्