Logo

छठअघि तलबभत्ता दिने सहमतिः खुल्यो नगरपालिकामा लागेको ताला



काठमाडौं, ११ कात्तिक । रौतहटको फतुवा विजयपुर नगरपालिकामा शिक्षक कर्मचारीहरुले गरेको तालाबन्दी २० दिनपछि खुलेको छ । शिक्षक कर्मचारीहरुले तलब नपाएपछि पालिकामा तालाबन्दी गरेका थिए ।

हिजो (शुक्रबार) छट पर्वअघि सबै शिक्षक, कर्मचारीको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने शर्तमा जनप्रतिनिधि र कर्मचारीको रोहवरमा पालिकामा लगाइएको ताला खोलिएको हो ।

दसैंको बेलामा तलब भत्ता नपाउने भएपछि शिक्षक कर्मचारीहरुले नगरपालिकाको मूल गेटमा गत असोज १९ गते तालाबन्दी गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्