Logo

महिलामाथि दुर्व्यवहार गरेको आरोपमा डिएसपी भट्टराई निलम्बित



काठमाडौं, ११ कात्तिक । हुम्लाका प्रहरी प्रमुखसमेत रहेका डिएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । रक्सी खाएर महिलामाथि दुव्र्यवहार गरेको उजुरी परेपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।

डिएसपी भट्टराई मदिरा र महिलाको मामिलामा विवादित पात्र मानिन्छन् । उनले यसअघि पनि पटक–पटक विभिन्न हर्कतमा विभागीय कारबाही भोगेका छन् । हाल भट्टराईको ठाउँमा रविन्द्र खनाललाई पठाइएको छ ।

डिएसपी भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत तानिएका छन् । निलम्बनमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्