Logo

विपीसँग मेरो तुलना निकै परको कुरा होः रवि लामिछाने



काठमाडौं, ११ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपी कोईरालासँग आफ्नो तुलनायोग्य सामथ्र्य नरहेको बताएका छन् ।

आज (शनिबार) बडादसैं, शुभ दिपावली तथा छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान समारोहको साक्षत्कार कार्यक्रममा बोल्दै उनले विपीसँग आफ्नो तुलना हुन नसक्ने बताएका हुन् ।

विपीको बहुआयमिक व्यक्तित्वबाट आफूले सिकिरहेको उनले बताए । विपीको आत्मबृतान्त पढिरहेको समेत उनको भनाई छ । ‘उहाँ (विपी) को त्यो बहुआयामिक व्यक्तित्व, त्याग तपस्या, राजनीतिक चेतनालगायत विषयमा म सिक्दैछु ।’ लामिछानेले भने, ‘उहाँको आत्मवृतान्त अध्ययन गर्दैछु । उहाँसँग मेरो तुलना निकै परको कुरा हो । उहाँसँग मेरो तुलनायोग्य सामर्थ्य छैन ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्