Logo

राष्ट्रसंघका महासचिवले संसद्मा गर्ने सम्बोधनबारे सभामुखले गराए जानकारी



काठमाडौं,१२ कार्तिक । ४ दिने औपचारिक नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले कार्तिक १४ गते संघीय संसद्मा सम्बोधन गर्ने भएका छन् ।

आइतबार बसेको प्रतिनिधि सधाको बैठकमा सभामुख देवराज घिमिरेले महासचिव गुटेरेसले संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी गराएका हुन् । उनले कार्तिक १४ गते दिउँसो ४ बजे संसद्लाई सम्बोधन गर्नेछन् ।

सभामुख घिमिरेले उक्त दिन दिउँसो ३:४५ मा मर्यादित पोसाकमा उपस्थित हुन सांसदहरुलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिनिधिसभा नियमावली २५१ मा कुनै विदेशी राष्ट्रको राष्ट्र प्रमुख,सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले बैठकलाई सम्बोधन गर्ने व्यवस्थाका लागि सरकारले अनुरोध गरेमा सभामुखले अनुमति दिने सक्ने व्यवस्था रहेको छ । साथै सम्बोधन गर्ने त्यस्तो पदाधिकारीलाई सभामुखले आफ्नो आशनको दायाँतर्फ आशन ग्रहण गराउन सक्ने व्यवस्था रहेको छ ।



प्रतिक्रिया दिनुहोस्