काठमाडौं,१२ कार्तिक । प्रतिनिधि सभामा दुई वटा विधेयक पेश भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक-२०८० र भन्सार विधेयक-२०८० पेश भएको हो ।
अर्थमन्त्री प्रकाश शरण महतको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गरेका हुन् ।
सो विधेयक प्रतिनिधि सभामा पेश गर्ने विरुद्ध विरोधको सूचना दिने प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि मन्त्री गुरुङले पेश गरेका हुन् ।