Logo

प्रधानमन्त्री दाहालसँगको भेटमा युएनका महासचिव गुटेरेसले भने–तपाईं आजको विश्वको एक डाईनामिक नेता हो



काठमाडौं, १२ कार्तिक । नेपालको चार दिने भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिकाको प्रशंसा गरेका छन् । उनले प्रधानमन्त्री दाहाललाई आजको विश्वको एक डाईनामिक नेताको रुपमा चित्रण गरेको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालको स्वकिय सचिव रमेश मल्लले जनाएअनुसार प्रधानमन्त्री दाहाल र महासचिव गुटेरेसबीचको भेटवार्तामा हार्दिकताका साथ कुराकानी भएको थियो । उनकाअनुसार यो हार्दिक सम्बन्धले नेपाल र संयुक्त राष्ट्रसंघका बीचको सम्बन्ध नयाँ उचाईमा विकास भएको छ र यो नेपाल र नेपालीका लागि खुशीको कुरा हो।

मल्लले उक्त भेटवार्ताबारे लेखेका छन्–‘आज नेपाल अन्तरास्ट्रिय रुपमा देखिने, सुनिने र चिनिने मात्र भएको छैन, शान्ति प्रक्रियाको पुर्णता, जलवायु परिवर्तनको मुद्दामा नेपालले प्राप्त गर्नुपर्ने अधिकार र अति कम विकसित मुलुकमा विकास र समृद्धिका मुद्दाहरु युएनले आफ्नो एजेन्डा बनाएको छ र यी मुद्दाहरु अन्तरास्ट्रियकरण गर्न नेपाललाई मद्दत मिलेको छ।’

सकसपुर्ण विश्व राजनीतिमा महासचिवको भुमिका र नेपालको भुराजनिति र विश्व राजनीतिमा नेपालका प्रधानमन्त्रीको भुमिकाबारे भेटमा खुलेर छलफल भएको पनि उनको भनाई छ । उनले भनेका छन्,‘महासचिवले पटकपटक दोहोराउनुभयो की दुई विशाल छिमेकीबीच भुराजनितिक सन्तुलन कायम गर्दै आजको विश्व परिवेशमा नेपाललाई सफलतापुर्बक नेतृत्व गर्नु तपाईको विवेक र बौद्धिकताको परिचय हो। तपाई आजको विश्वको एक डाइनामिक नेता हो। शान्ति प्रक्रिया, जलवायु परिवर्तन र ीम्ऋ देशका मुद्दामा संयुक्त राष्ट्रसंघले नेपालसङ्ग नजिकबाट सहकार्य गर्नेछ।’



प्रतिक्रिया दिनुहोस्