Logo

प्रधानन्यायाधीशलाई चौथो नम्बरमा राखेर मर्यादाक्रमसम्बन्धी विधेयक समितिबाट पारित



काठमाडौं,१३ कार्तिक । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादाक्रमसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ ।

प्रधानन्यायाधीशलाई मर्यादा क्रमको पाँचौँ नम्बरमा राखिएको विधेयक समितिबाट चार नम्बरमा सार्ने संशोधन परेकोमा सर्वसम्मतीले पारित गर्दै विधेयक पारित भएको हो । समितिले संशोधनसहित तयार पारेका प्रतिवेदन राष्ट्रियसभाको मंगलबारको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

यसअघि, सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई चौथो नम्बरमा राखेर प्रधानन्यायाधीशलाई पाँचौँ वरीयतामा राख्न विधेयकमा प्रस्ताव गरिएको थियो । उक्त विधेयक राष्ट्रियसभाका सदस्यहरुले ०७९ चैत ५ मा गैरसरकारी विधेयकका रुपमा ल्याएका हुन् ।

विधेयक राष्ट्रियसभाका सदस्यहरु गोपी आछामी, तुल विक, देवेन्द्र दाहाल, प्रकाश पन्थ प्रमिला कुमारी, वेदुराम भुसाल, रमेशजंग रायमाझी र शेखर सिंहले संयुक्त रुपमा लगेका हुन् । उक्त संशोधनप्रति कानूनी क्षेत्रका व्यक्ति तथा नागरिक समाजलेसमेत आपत्ति जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्