Logo

प्रचण्डलाई जनताको अगाडि नङ्ग्याउनुपर्ने र भण्डाफोर गर्नुपर्ने बादलको गर्जन



काठमाडौं, १३ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले प्रचण्डलाई दक्षिणपन्थी अवसरवादीको संज्ञा दिए । बादलले प्रचण्डसँगै माधव नेपाल र वामदेव गौतमहरुमा दक्षिणपन्थी अवसरवाद देखा परेको भन्दै उनीहरुलाई जनताको अगाडि नँग्याउनुपर्ने टिप्पणी गरेका छन् ।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘प्रचण्ड, माधव नेपालहरु अराजकतावादी प्रवृत्ति देखा प¥यो । जनताको अगाडि उनीहरुलाई नङ्ग्याउने र भण्डाफोर गरेर एमालेको झण्डामुनी राख्न जरुरी छ, अन्यथा मिसन २०८४ सफल हुँदैन । मिसन २०८४ समाजवादी आन्दोलनलाई निष्कर्षमा पु¥याउने वर्ष हो ।’ Photo Source: Balkot/Facebook Page



प्रतिक्रिया दिनुहोस्