Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश



काठमाडौं, १३ कात्तिक । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयर धनीहरुलाई यो वर्ष बोनस शेयर नदिने भएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट नगद लाभांश वितरण गर्ने भएको हो ।

आज (सोमबार) अपरान्ह बसेको सञ्चालक समितिको बैठकले आव २०७९/८० को सञ्चित मुनाफाबाट १९ प्रतिशत (करसहित हुन आउने) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयर धनीहरुले उक्त लाभांश पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्