काठमाडौं,१३ कार्तिक । सभामुख देवराज घिमिरेले संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसले संघीय संसद्मा गर्ने सम्बोधन र त्यसको तयारीबारे सचिवालयका कर्मचारीसँग छलफल गरेका छन् ।
सोमबार साँझ उनले संसद् सचिवायलका कर्मचारीहरुसँग सम्बोधन र त्यसको तयारीबारे छलफल गरेका हुन् । महासचिव गुटरेसले मंगलबार दिउँसो संघीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दैछन् ।
गुटरेसले सम्बोधन गर्नका लागि भोलि दिउँसो ४ बजेका लागि संघीय संसद्को दुबै सदनको संयुक्त बैठक नयाँ बानेश्वरस्थित अन्तिर्राष्ट्रिय सम्मेलन केन्द्रमा डाकिएको छ ।
सभामुख घिमिरेले आज संसद्को दुबै सदनको संयुक्त बैठक बस्ने बैठक कक्षको व्यवस्थापकीय पक्षको निरिक्षण गर्दै सम्बोधनको तयारीबारे जानकारीसमेत लिएका छन् । उनले गुटरेसको सम्बोधनको तयारीमा कुनैपनि कमी कमजारी हुन् नदिनसमेत कर्मचारीलाई निर्देशन दिएका छन् ।
सभामुख घिमिरेलेलाई संसद सचिवालयका महासचिव डा.भरतराज गौतम, प्रतिनिधिसभा सचिव पदमप्रसाद पाण्डेय,राष्ट्रियसभा सचिव डा.सुरेन्द्र अर्याल, प्रवक्ता एकराम गिरी, सुरक्षा अधिकारीलगायतले तयारीबारे जानकारी दिएका छन् ।