Logo

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक जारी



काठमाडौँ, १३ कात्तिक । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । बैठक आज दिउँसो सुरु भएको हो ।

पार्टी प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा मधेस प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उनको स्थानमा कसलाई पठाउने भन्ने बारेमा छलफल भइरहेको छ ।

साथै, बैठकमा पार्टीको सङगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि समीक्षा भइरहेको छ । जसपाले गत भदौदेखि तीन महिने सङगठन विस्तार तथा सुदृढीकरण अभियान अभियान सञ्चालन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्