Logo

सरकारको नेतृत्व गरेर आफैं सडक संघर्षमा



काठमाडौं, १४ कात्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले काठमाडौंमा जनप्रर्दशन गर्ने भएको छ । गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले प्रतिगमनको विरोधमा काठमाडौंमा जनप्रर्दशन गर्ने निर्णय गरेको हो ।

माओवादीले माताहतका कमिटीमा छ बुँदे परिपत्र जारी गर्दै आगामी मंसिर २२ गते काठमाडौंमा प्रर्दशन गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेलाबेलामा सडकमा लाखौं जनता उतार्ने भाषणसमेत गर्दै आएका थिए ।

चार दलीय समाजवादी मोर्चाले प्रदेशस्तरमा आयोजना गरेको प्रायः सन्देश सभामा प्रचण्डले प्रतिगमणविरुद्ध हजारौं जनता सडकमा उतार्ने चेतावनी दिँदै आएका थिए । सरकारको नेतृत्व गरिरहेको दल आफैं सडक संघर्षमा आउने कुरा नौलो रुपमा हेरिएको छ ।



प्रतिक्रिया दिनुहोस्