Logo

महासचिव गुटेरेसद्वारा हमासको आक्रमणमा परी निधन भएका नेपालीहरुको परिवारप्रति समवेदना प्रकट



काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसल हमासको आक्रमणमा परी इजरायलमा निधन भएका नेपालीका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले हमासको आक्रमणमा परी निधन भएका नेपालीको परिवारप्रति समवेदना प्रकट गरेको हुन् । साथै, उनले इजरायलमा बेपत्ता रहेका विपिन जोशी सुरक्षित फर्किनेमा पनि विश्वास व्यक्त गरे ।

साथै, संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएर वीरगती प्राप्त गरेका नेपाली शान्ति सेनाहरुको आत्माको चीर शान्तिको कामना गर्दै उनले संसद्मा एक मिनेट मौनधारण गरे । विश्वमा शान्ति कायम राख्नका लागि नेपालले युएनलाई पुर्याएको सहयोगको उनले स्मरण गरे ।



प्रतिक्रिया दिनुहोस्