Logo

एमालेको चियापानमा माधव नेपाललाई पनि बोलाइयो



काठमाडौं, १४ कात्तिक । बडादसैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा नेकपा (एमाले) ले आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) लाई पनि बोलाइएको छ ।

यसअघि एमालेले एकीकृत समाजवादीलाई कुनै कार्यक्रममा पनि बोलाउने गरेको थिएन । एमालले माधव नेपाल नेतृत्वको समाजवादीलाई आफूले आयोजना गरेको कार्यक्रममा निमन्त्रणा गरेको यो पहिलो पटक हो ।

एमालेले नेकपा (एस) का अध्यक्ष नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानीत नेता झलनाथ खनाललाई पत्र काटेरनै चियापान समारोहमा निमन्त्रणा गरेको छ । एमालेको चियापान समारोह भोलि (कात्तिक १५ गते) हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्