Logo

पाँच संसदीय समितिको बैठक बस्दै



काठमाडौं,१५ कार्तिक । संघीय संसद्अन्तर्गतका ५ वटा समितिको बैठक आज बस्दैछ । जसअन्तर्गत बिहान साढे ११ बजे अब्दुल खान सभापति रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हकहित समितिको बैठक बस्दैछ । बैठकमा नेपालमा उत्पादित सुपारी विदेश निर्यात गर्ने सम्बन्धी समस्याबारेमा छलफल हुने जनाईएको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा बाल सुधार गृहहरूको अनुगमन सम्बन्धमा छलफल हुनेछ ।जसका सभापति किरणकुमार शाह रहेका छन् ।

त्यस्तै बिहान ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका काम कारबाहीका सम्बन्धमा छलफल हुनेछ । जसमा रामहरि खतिवडा समिति सभापति रहेका छन् ।

त्यस्तै बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकमा प्रश्तावित राजदूतको सुनुवाइ प्रक्रिया प्रारम्भ गर्ने कार्यसूची रहेको छ । भने बिहान ११ बजे नै सुरू हुने राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्