Logo

रुपेश हत्या प्रकरणको जानकारी दिन पत्रकार सम्मेलन गर्दै बारा प्रहरी



काठमाडौं,१५ कार्तिक । बिवाहेत्तर सम्बन्धका कारण हत्या भएका भनिएका बाराको कलैयाका रुपेश सर्राफ घटना प्रकरणमा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।

कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालकसमेत रहेका रुपेश हत्या प्रकरणको अनुसन्धानबारे जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको हो । त्यसका लागि प्रहरीले दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

सरार्फको सोमबार दिउँसो गोली हानी हत्या भएको थियो । घटनामा संलग्नको आरोपमा तीन नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरेपनि उनीहरुको विस्तृत विवरण खुलाएको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सरार्फ परस्त्रीसँगको सम्बन्धमा रहेका थिए । सोही कारण उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाउदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्