काठमाडौं, १५ कार्तिक । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदमा बंगलादेशकी साइमा बाजेद चुनिएकी छन् । उनले नेपालका डा. शम्भु आचार्यलाई पराजित गरेकी हुन् ।
भारतको नयाँदिल्लीमा बसेको क्षेत्रीय कमिटीको बैठकले बंगलादेशकी राष्ट्रपति शेख हसिनाकी छोरी साइमा बाजेदलाई चयन गरेको हो । नवनिर्वाचित बाजेदले आगामी २०२४ को फेब्रुअरीमा कार्यभार सम्हाले जनाईएको छ ।