काठमाडौं,१५ कार्तिक । विश्व स्थास्थ संगठनको दक्षिण पूर्वी एसियाको क्षेत्रिय निर्देशकमा बंगलादेशकी साइमा वाजेद निर्वाचित भएकी छन् । उनी बंगलादेशकी प्रधानमन्त्र शेख हसिनाकी छोरीसमेत हुन् ।
साइमाले नेपालका शम्भुप्रसाद आचार्यलाई हराउँदै ५ वर्षे कार्यकालका लागि चयन भएकी हुन् । छनोटमा १० राष्ट्रले भाग लिएकोमा उनले ८ मत पाउँदा नेपालका आचार्यले २ मत मात्रै पाएका छन् । उनले सन् २०२४ को फेब्रूअरी १ बाट आफ्नो कार्यकाल सम्हाल्नेछिन् ।
बुधबार नयाँ दिल्लीमा बसेको ७६औं बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई संगठनको दक्षिण एशियाली क्षेत्रीय निर्देशक चुनेको हो।
बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलंका, थाइल्यान्ड र टिमोर-लिस्टेले मतदानमा भाग लिएको थियो। म्यानमारले उक्त बैठकमा सहभागी भएन।